वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ४९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ६ हजार ९६० जनजा कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४३४ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार २९१ जना रहेका छन् ।
हालसम्म भारतमा ३ करोड ४२ लाख जना कोरोना भाइरस संक्रमणमुक्त भएकाम छन् । यसैगरि ४ लाख ७८ हजार जनाको संक्रमणको कारणले निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij