Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसईई खारेज गर्न पुनः निर्देशन

एसईई खारेज गर्न पुनः निर्देशन

  • 1.1K
    SHARES
  • एसईई खारेज गर्न पुनः निर्देशन

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रणाली खारेज गर्न सरकारलाई पुनः निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले यसअघि २९ जेठ ०७७ मै एसईई खारेज गर्न निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै पुनः निर्देशन दिएको हो ।

    समितिको बैठकमा सांसद् खगराज खगराज अधिकारीले भने, ‘हामीले पहिल्यै निर्देशन गरिसक्यौं । एसईई भन्ने प्रणाली राख्ने नै होइन । एसईई खारेज गर्ने यही मौका हो । सुरु गरौं ।’

    ‘कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ  । संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसईई परीक्षालाई सधैंका लागि हटाएर कक्षा १० का परीक्षा स्थानीय तहबाट सञ्चालन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्नू,’ समितिले यसअघि भनेकाे थियाे ।

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन स्थानीय तहलाई शिक्षा मन्त्रालयकाे सर्कुलर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन स्थानीय तहलाई शिक्षा मन्त्रालयकाे सर्कुलर

    [विचार] शिक्षासम्बन्धी अन्तर्विरोधहरू शिक्षा ऐनमा प्रस्ट्याउँछौं [विचार] शिक्षासम्बन्धी अन्तर्विरोधहरू शिक्षा ऐनमा प्रस्ट्याउँछौं

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij