Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सरकारले ताेकेकाे पारिश्रमिक नपाएपछि ब्यानर बोकेर आन्दोलनमा निस्किए इसीडी शिक्षक र विद्यालय कर्मचारी 

सरकारले ताेकेकाे पारिश्रमिक नपाएपछि ब्यानर बोकेर आन्दोलनमा निस्किए इसीडी शिक्षक र विद्यालय कर्मचारी 

  • 2.7K
    SHARES
  • सरकारले ताेकेकाे पारिश्रमिक नपाएपछि ब्यानर बोकेर आन्दोलनमा निस्किए इसीडी शिक्षक र विद्यालय कर्मचारी 

    फाइल तस्बिर

    काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिकाभित्रका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) संघीय सरकारले तोको पारिश्रमिक नपाएपछि ब्यानर बोकेर आन्दोलनमा उत्रिएका छन ।

    पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । स्थानीय तहलाई पारिश्रमिक दिन निर्देशन दिनुभन्दा संघीय सरकारले नै पारिश्रमिक दिन इसीडी शिक्षक र विद्यालय कर्मचारीले माग गरिरहेका छन् ।

    दिपायल सिलगढी नगरपालिकाले सरकारले तोकेअनुसार रकम भुक्तान गर्न नमानेकाले आन्दोलनमा उत्रिएको नेपाल शिक्षक संघ दिपायल सिलगढी नगर समितिका अध्यक्ष पुस्कर साउदले जानकारी दिए ।

    उनको भनाइमा डोटीका केही स्थानीय तहहरूले सो बजेटमा भनेअनुसारको रकम उपलब्ध गराउदै आएका भएपनि दिपायल सिलगढी नगरपालिकाले भने स्राेत ब्यबस्थापन नभएको भन्दै सो पारिश्रमिक बराबरको रकम उपलब्ध नगराएको उनले बताए ।

    संघीय बजेट अनुरूपको पारिश्रमिक कार्यान्वयनमा नआए सम्म आफूहरू कुनै पनि हालतमा पछाडि नहट्ने र विद्यालय कर्मचारीमाथि हुने कुनै पनि अन्यायको डटेर सामना गर्न तत्पर रहेको उनले बताए ।

    नेपाल शिक्षक संघ दि.सि.न.पा.को नेतृत्वमा बिहीबारबाट सुरु भएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने अध्यक्ष साउदले बताए ।
    आन्दोलनको पहिलो बिहीबार टाउकोमा कालोपट्टी बाँधेर नगरपालिकाको कार्यालयमा धर्ना दिदै सुरु भएको छ ।

    शुक्रबार नगरपालिकाअन्तर्गत विद्यालयहरू बन्द गर्ने र नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको साउदको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij