वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ७ हजार १४१ जना भाइरस संक्तमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार ८४१ जना रहेको छ ।
यसैगरी भारतमा ५७८ जनामा ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ । १९ राज्यमा पुष्टि भएको ‘ओमिक्रोन’ बाट १५१ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतमा ‘ओमिक्रोन’ संक्रमितमध्ये सबैभन्दा बढी दिल्लीमा रहेका छन् । यहाँ १४२ जना ‘ओमिक्रोन’ संक्रमित छन् ।
आइतबार कुल ‘ओमिक्रोन’ को संख्या ४२२ जना थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij