Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

जुन्ता सरकारको विरोधी गरेको अभियोगमा म्यानमारका सेलिब्रेटीलाई तीन वर्ष जेल 

जुन्ता सरकारको विरोधी गरेको अभियोगमा म्यानमारका सेलिब्रेटीलाई तीन वर्ष जेल 

  • 461
    SHARES
  • जुन्ता सरकारको विरोधी गरेको अभियोगमा म्यानमारका सेलिब्रेटीलाई तीन वर्ष जेल 

    यांगुन । म्यानमारका चर्चित सेलिब्रेटीलाई त्यहाँको सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ । म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।

    टाकहोनका लाखौं प्रशंसक छन् । उनले सरकारविरोधी प्रदर्शनमा सक्रिय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्दै आएका थिए ।

    निर्वाचनमा व्यापक धाँधली भएको भन्दै गत जनवरीमा सेनाले निर्वाचित सरकारलाई बर्खास्त गरेर सरकारकी नेतृ आङ सान सूचीलाई घरमै नजरबन्दमा राखेको थियो । सत्ता सम्हालेपछि सेनाले विपक्षीको चरम दमन गरेको छ ।

    अप्रिलमा आठ ओटा ट्रकमा आएका करिव ५० जना सेनाले २४ वर्षीय टाकहोनलाइ घरबाटै पक्राउ गरेको उनकी बहिनीले फेसबुकमा पोस्ट गरेकी छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij