Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

करिना दोस्रोपटक आमा बनिन् 

करिना दोस्रोपटक आमा बनिन् 

  • फाल्गुण ९, २०७७ आइतवार १२:३३ बजे
  • 1.3K
    SHARES
  • करिना दोस्रोपटक आमा बनिन् 

    मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको जन्म दिएकी छन् । आइतबार बिहान ब्रीच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । करिना र सैफ अली खानको सन् २०१६ मा छोरा तैमुर जन्मिएका थिए । 

    भारतीय सञ्चार माध्यामका अनुसार आमा र बच्चा दुवै स्वस्थ छन् । करिना र अभिनेता सैफ अलिको सन् २०१२ मा विवाह भएको थियो । 

    करिनाले गर्भवती भएकै समयमा लालसिंह चड्डाको सुटिङ सकेकी छन् । योबाहेक उनको आगामी फिल्म तख्त देखिनेछिन् । यस्तै सैफ अलि खानको अपकमिङ मुभी आदिपुरुष, भूत पुलिस र बंटी बबली छन् । 

  • सम्बन्धित विषय:

  • # करिना कपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij