Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

किन गइरहेको छ झ्याप्प झ्याप्प बिजुली ? कुलमान यसाे भन्छन्

किन गइरहेको छ झ्याप्प झ्याप्प बिजुली ? कुलमान यसाे भन्छन्

  • 538
    SHARES
  • किन गइरहेको छ झ्याप्प झ्याप्प बिजुली ? कुलमान यसाे भन्छन्

    फाइल तस्बिर ।

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा झ्याप्प झ्याप्प बिजुली गइरहने समस्या भएको बताएका छन् । शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्ताे बताएका हुन् ।

    उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए । उनले काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेशन थपिने भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए । घिसिङले केही ट्रान्सफर्मरहरू लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए ।

    ‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । यो सप्लाईको कारणले भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन,’ उनले भने, ‘वास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक हो ।’

    प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij