Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भारतमा एक सातामै एक लाख २३ हजार कोरोनाका नयाँ संक्रमित थपिए, नेपालमा सतर्कता जरुरी

भारतमा एक सातामै एक लाख २३ हजार कोरोनाका नयाँ संक्रमित थपिए, नेपालमा सतर्कता जरुरी

  • 537
    SHARES
  • भारतमा एक सातामै एक लाख २३ हजार कोरोनाका नयाँ संक्रमित थपिए, नेपालमा सतर्कता जरुरी

    नयाँ दिल्ली । भारतमा केही दिनयता कोरोना संक्रमितको संख्या चिन्ताजनक रुपमा बढेको छ । एक सातामै भारतमा कारोना भाइरसका एक लाख २३ हजार नयाँ संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा दिनहुँ संक्रमित बढ्नु नेपालका लागि पनि चिन्ताको विषय हो ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्थांकअनुसार आइतबार ३३ हजार ७५० नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन भेटिएका नयाँ संक्रमितभन्दा यो संख्या पाँच हजार बढी हो । गत २८ डिसेम्बरमा ९ हजार १९५ जना संक्रमित भएका थिए । २९ डिसेम्बरमा १३ हजार १५४ जना, ३० डिसेम्बरमा १६ हजार ७६४, ३१ डिसेम्बरमा २२ हजार ७७५ र १ जनवरीमा २७ हजार ५५३ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा छ ।

    गत हप्तादेखि भारतमा दिनहुँ गरिने परीक्षणबाट थपिने संक्रमितको संख्यामा दैनिक करिब चार हजार बृद्धि भएको देखिन्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेकै बेला भारतमा दिनहुँ संक्रमित बृद्धि हुनुले चिन्ता पैदा गराएको छ । भारतमा संक्रमित बृद्धि भएको केही सातामै नेपालमा पनि संक्रमित बृद्धि हुने गरेको विगतको अनुभव छ ।

     खुला सीमाना र आवतजावत सहज भएका कारण भारतमा संक्रमण बढ्नुको सिधा असर नेपाललाई पनि पर्ने गरेको छ । स्वास्थ्य विज्ञहरुले भाइरसको संक्रमण बढ्न नदिन नेपालमा समयमै सतर्कता अपनाउनु जरुरी रहेको भन्दै सचेत गराएका छन् । भारतमा संक्रमित बढे पनि ओमिक्रोनका बिरामी भने अहिलेसम्म १७ सय मात्र रहेका छन् । ओमिक्रोन संक्रमित ६३९ जना निको पनि भइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij