Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

एसपी पाण्डेलाई फौजदारी अभियोगमा कारबाही गर्न कांग्रेसको माग

एसपी पाण्डेलाई फौजदारी अभियोगमा कारबाही गर्न कांग्रेसको माग

  • 422
    SHARES
  • एसपी पाण्डेलाई फौजदारी अभियोगमा कारबाही गर्न कांग्रेसको माग

    सिरहा । नेपाली कांग्रेस सिरहाले जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।  कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको धनगढीमाई नगरपालिका-९ जिरोमाईलस्थित घरमै आइतबार मध्यराति पुगेर एसपी पाण्डेले अमर्यादित गालीगलैज गर्दै गोली प्रहार गरी हत्या गर्ने धम्की दिएको भन्दै उनलाई कारबाही गर्न कांग्रेसले माग गरेको हो । 

    जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादव र सचिव उपेन्द्रकुमार यादवको संयु्क्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा एसपी पाण्डले सभापति यादवलाई ‘तिमीले मलाई सरुवा गरायौ, म तिमीलाई गोली ठोकेर मारिदिन्छु’ भन्दै पटकपटक पेस्तोल तेर्साएको उल्लेख गरिएको छ । मादक पदार्थसमेत सेवन गरेर ज्यान मार्ने धम्की दिएका एसपी पाण्डेलाई प्रहरीहरूले गाडीमा हालेर लगेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए । तर,  आफ्नो सरुवाको विषयलाई लिएर आफू यादवको घरमा नपुगेको एसपी पाण्डेको भनाइ छ ।  

    सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले भने एसपी पाण्डे गस्तीमा गएको र अरु कुरा आफूलाई थाहा नभएको बताए । प्रहरी प्रधान कार्यालयलबाट ६ महिना अघिमात्रै एसपी पाण्डे सिरहा आएका थिए । उललाई फेरि उतै पठाएको र उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij