Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

उखुको मूल्य तोक्न र पुरानो बक्यौता तिर्न नेकपा एकिकृत समाजवादीको माग 

उखुको मूल्य तोक्न र पुरानो बक्यौता तिर्न नेकपा एकिकृत समाजवादीको माग 

  • 730
    SHARES
  • उखुको मूल्य तोक्न र पुरानो बक्यौता तिर्न नेकपा एकिकृत समाजवादीको माग 

    सर्लाही । नेकपा एकिकृत समाजवादी (एस) सर्लाही जिल्ला कमिटीले चालू क्रसिङ सिजनका लागि उखुको मूल्य कायम गर्न माग गर्दै चिनी मिलले किसानलाई दिन बाँकी पुरानो बक्यौता भुक्तानी गर्न माग गरेको छ ।

    नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले बुधबार विज्ञप्ति जारी गर्दै नगदे बालीको रुपमा रहेको उखुको मूल्य कायम गर्न गरिएको वेवास्ता प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उखु बेचेर वर्षभरि खर्च धान्नु पर्ने किसानकाे समस्यामाथि वेवास्ता हुनु दुःखद भएकाे उल्लेख छ ।

    नेपाल सरकार र चिनी मिल संचालक उखुको मूल्य तोक्न उदासिन हुनु दुःखद भन्दै किसानको समस्य समाधानमा राज्यलाई गम्भीर हुन ध्यानाकर्षण गराइएको छ । उखुको मूल्य तय नगर्ने र पुरानो बक्यौता नदिने गर्दा साना किसानले ठूलो संकट व्यहोर्नु परेकोतर्फ नेकपा एसले सरकारलाई सचेत गराएको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘राज्य र उद्योगीहरु संवेदनशिल नभए किसानहरुले दवावमुलक कार्यक्रम ल्याएर भए पनि छिटो भन्दा छिटो उखुको उचित मुल्य घोषणा गराउन पहल कदमी लिन ढिलो भइसकेको छ । हामी तत्काल उखुको उचित मुल्य कायम गरि किसानलाई न्याय दिन जोडदार माग गर्दछौ । मूल्य तय नहुदै किसानले उखु काट्नु पर्ने वाध्यता श्रृजना हुनु आफैमा खेदजनक काम हो ।’

    सर्लाहीकै केही मिलले विगतमा खरिद गरेको उखुको अझैसम्म भुक्तानी नदिनु खेदजनक भन्दै विज्ञप्तिमा यसमा राज्य र चिनी उद्योगीहरुको किसानमारा नीति स्पष्ट भएको आरोप लगाइएको छ । किसानको बक्यौता रकम तत्काल भुक्तानीको माग गर्दै नेकपा एसले किसानको भुक्तानी नदिने उद्योगहरुको खाता र सम्पति रोक्का गर्न नेपाल सरकारले थालेको पहलको भने स्वागत गरेको छ । 

    ncp-s.gif

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij