Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

यी हुन् सत्ता गठबन्धन दलको बैठकका निर्णयहरू

यी हुन् सत्ता गठबन्धन दलको बैठकका निर्णयहरू

  • 718
    SHARES
  • यी हुन्  सत्ता गठबन्धन दलको बैठकका निर्णयहरू

    काठमाडाैं । सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारू गराउन पहल गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद् लामो समय अवरूद्ध हुनु उचित नभएको भन्दै संसद्लाई सुचारू गराउन पहल गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    संसद्लाई विनाअवरोध सञ्चालन गर्न सरकार जत्तिकै प्रतिपक्षीको पनि कर्तव्य भएकोले सबै गम्भीर हुनुपर्ने उनले बताए । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावकेन्द्रित छलफल पनि बैठकमा भएको थियो ।

    बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय पनि गरेको कार्कीले उल्लेख गरे ।

    पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउँदै उम्मेद्वारीसमेत दर्ता गरिसकेको छ ।

    राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij