काठमाडौं । गृहमन्त्रालयले नौ जना प्रमुख जिल्ला अधिकारी (सिडओ)को सरुवा गरेको छ । मन्त्रालयले ६ सहसचिव र ३ उपसचिवसहित ९ जना सिडिओको सरुवा गरेको हो। सहसचिवहरु हुमकला पाण्डेलाई काभ्रेमा, विपिन आचार्यलाई सल्यानमा र सुमन घिमिरेलाई नवपरासी सुस्तापूर्वमा सीडीओको जिम्मेवारी दिएको छ ।
त्यस्तै, सहसचिव सुरेन्द्र पौडेललाई धनुषाको प्रजिअ बनाइएको छ । सहसचिवहरु बन्धुप्रसाद बास्तोला र श्रीराम पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ । उपसचिव रामहरी शर्मालाई कालिकोटको प्रजिअ बनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij