वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
संक्रमितको यो संख्या १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा आएको परिणाम हो ।
साेमबारको तुलनामा दैनिक संक्रमितको संख्या करिब एक हजार बढेको हो । साेमबार १४४६ जना संक्रमित थपिएका थिए ।
यो अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन भने १ जनाको संक्रमणकै कारण निधन भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ९ हजार ५२२ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij