Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

संक्रमण फैलिन नदिन भक्तपुरका सार्वजनिकस्थलमा कडाइ

संक्रमण फैलिन नदिन भक्तपुरका सार्वजनिकस्थलमा कडाइ

  • 463
    SHARES
  • संक्रमण फैलिन नदिन भक्तपुरका सार्वजनिकस्थलमा कडाइ

    काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ ।

    कोरोना भाइरस संक्रमण पुनः बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार अब घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गरिने भएको छ ।

    ‘कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेका छौँ, आजदेखि माइकिङ गर्दैछौँ, मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गर्दैछौँ । सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिने छ,’ प्रजिअ शर्माले भनिन् ।

    अबदेखि जनस्वास्थ्यका मापदण्ड पालना भए नभएकाे बारे सार्वजनिक यातायातदेखि सार्वजनिकस्थलमा अनुगमन गरिने भएको छ । जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन  निर्देशन दिइएको अधिकारीले बताइन । सङ्कट समाधानका लागि भक्त्तपरका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।

    भक्तपुरमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरियन्ट  फेला परेको छ ।

    चाँगुनारायण नगरपालिका-३, सूर्यविनायक नगरपालिकामा-८ र अन्यमा ४ नयाँ सङ्क्रमित थपिएका छन् । भक्तपुरमा हालसम्म कोरोनाबाट ३५७ जनाको मृत्यु भएको छ । जिल्लामा १८५ सक्रिय सङ्क्रमित छन् । भक्तपुर नपामा ५१ हजार ५९६, चाँगुनारायणमा ४१ हजार ९०९, मध्यपुरथिमिमा ५८ हजार ५८१ र सूर्यविनायक नपामा ८१ हजार ७०५ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij