वेबटिभी खबर
कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले यसलाई फैलन दिने/नदिने भन्ने हाम्रो हातमै छ । यदि हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्याैं भने यसले व्यापक रूप लिन पाउँदैन । मास्क लगाउने, हातलाई सफा राख्ने, भीडभाड कम गर्यो भने यो जुन द्रूत गतिमा सर्नुपर्ने हो त्यो गतिमा सर्न पाउदैन भन्ने देखिएको छ ।
अर्को कुरा, कोरोनाविरूद्धको खोप जति लगायो यो सर्ने मौका पनि त्यतिनै कम भएर जान्छ । किन भने भ्याक्सिनले भाइरस लोडलाई कम गराउँछ । कोरोना भए पनि लक्षणबिहीनको संक्रमण हुन्छ । त्यसले गर्दा एक अर्कोमा सर्ने मौका कम भएर जान्छ । त्यसैले यी कुराहरूको पालना गरेमा संक्रमणको संख्या कम भएर जान्छ । तर, यसलाई वास्ता नगर्ने, भीडभाड गर्ने र जनस्वास्थ्यको मापदण्ड उलंघान गर्ने गरेमा भने यसले व्यापक रूप लिन्छ भन्ने अनुमान गरिएको छ ।
‘ओमिक्रोन’ को लक्षण र यसका जटिलता
अरू देशहरूमा अहिलेसम्म भएको अनुसन्धानहरूका रिपोर्ट हेर्दाखेरी यसले फोक्सोभन्दा माथिल्लो श्वास प्रणालीमा, रूघा लागेको जस्तो नाकमा, घाँटीमा, छातीमा श्वास नलीहरूमा संक्रमण गर्छ । किनभने यो त्यस स्थानमा बढी टाँसिने रहेछ र भित्रभित्र पसेर रूघा लगाउने रहेछ । जबकी पहिलेको डेल्टा भाइरसले सीधै छातीभित्र गएर फोक्सोमा असर गर्थ्यो । त्यसले गर्दा निमोनिया गराउँथ्यो । एउटा यो पहिलेभन्दा फरक रहेछ ।
यसमा अर्को के देखिएको छ भने भ्याक्सिन लगाएकालाई भाइरसले सारो बिरामी बनाउने कम सम्भावना छ । भ्याकसिनले माइल्ड इन्फेक्सन बनाउँछ वा लक्षणबिहीन बनाइदिन्छ । जसले भ्याक्सिन लगाएका छैनन् त्यसलाई सारो बनाउने गर्छ । आज आएको एउटा डेटामा के भनिएको छ भने कसैले भ्याक्सिन लगाएको छ उसलाई तुलना गर्दा भ्याक्सिन नलगाएकालाई १० गुणा बढी संक्रमण हुने सम्भावना हुन्छ ।
भ्याक्सिन नलगाएकालाई अस्पतालमा भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यृ हुने सम्भावना २० गुणा बढी छ । त्यसैले हामी सबैले २ वटा भ्याक्सिन लगाएपछि यस भाइरसलाई जित्न सकिन्छ ।
[संक्रामण रोग विशेषज्ञ प्राध्यापक डा.जनक कोइरालसँग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले गरेको प्रश्नोत्तरको सम्पादित अंश]
काठमाडौंमा अब यी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij