वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्काेटाले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीप्रति व्यंग्य गरेका छन् ।
बाँस्कोटाले नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले अतिक्रमणबारे मन्त्री झाँक्रीको अभिव्यक्तिप्रति मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाँस्कोटाले व्यंग्य गरेका हुन् ।
नेता बाँस्कोटाले ‘कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ’ झाँक्रीको भनाइ भन्दै लेखेका छन्, ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो- कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ ।’
नेता बाँस्काेटाले ‘धन्य, हाम्रो अग्रगामी सरकार ! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ,’ लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij