Logo

२०८३, कार्तिक ६ गते बिहिवार

२०८३, कार्तिक ६ गते बिहिवार

विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन दुई वर्ष लाग्छ : राष्ट्रसंघ

विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन दुई वर्ष लाग्छ : राष्ट्रसंघ

  • 487
    SHARES
  • विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन दुई वर्ष लाग्छ : राष्ट्रसंघ

    एजेन्सी । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरले छिटो सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।

    काेराेनाकै कारण सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ प्रतिशतले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प प्राय रहँदै आएकाे छ । 

    ‘महामारीका कारण विभिन्न यात्रामा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा खोपको पहुँचमा ढिलाई र यात्रुहरुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ,’ युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ । 

    तर, सन् २०२१ को अन्तिमतिर पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको छ । गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटक बढेका थिए । तर, मध्यपूर्वमा भने २४ प्रतिशतले घटेका थिए । एसिया प्रसान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij