Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु 

आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु 

  • 1.0K
    SHARES
  • आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु 

    सर्लाही । सर्लाही जिल्लाको गोडैता नगरपालिका–११ मा आगो ताप्दै गर्दा जलेर एक जनाको निधन भएको छ । स्थानीय ७५ वर्षीया देवकली देवीको आगोले जलेर निधन भएको प्रहरीले जनाएको छ ।

    लगातारको शितरहरका कारण बुधबार साँझ घरमै आगो ताप्दै गरेकी देवकलीको शरीरमा आगो सल्किएको थियो ।  आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी उनलाई उपचारार्थ जिल्ला अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा राति साढे ११ बजे उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । 

    पछिल्लो केही दिन यता सर्लाहीमा घाम नलाग्दा चिसो ह्वात्तै बढेको छ । जाडो छल्न आगो ताप्ने क्रम पनि जताततै बढेको छ । विपन्न परिवारले त आगो तापेरै रात गुजारा गर्नुपर्ने अवस्था छ । केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आगोले जलेर एक जनाको ज्यान गएको थियो । सांकेतिक तस्बिर 

  • सम्बन्धित विषय:

  • # आगो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij