वेबटिभी खबर
काठमाडौं । त्रिभूवन विश्वविद्यालयका सबै परीक्षा तत्कालका लागि स्थगित गरिएको छ ।
त्रिविका रजिष्ट्रार पेशल दाहालले आगामी आइतबारबाट लागू हुने गरी सबै किसिमका परीक्षा स्थगित गरिएको बिहीबार वेबटिभी खबरलाई जानकारी दिए ।
पछिल्ला केही दिनदेखि तीव्र रूपमा काेराेना भाइरस संक्रमण बढेका कारण परीक्षा स्थगित गर्नुपरेकाे उनकाे भनाइ छ ।
उनले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित रहने जानकारी दिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij