Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भट्टराई-बाँस्कोटाबीच सामाजिक सञ्जालमा चर्काचर्की : बाबुरामले के भने ?  

भट्टराई-बाँस्कोटाबीच सामाजिक सञ्जालमा चर्काचर्की : बाबुरामले के भने ?  

  • 982
    SHARES
  • भट्टराई-बाँस्कोटाबीच सामाजिक सञ्जालमा चर्काचर्की : बाबुरामले के भने ?  

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एमालेका नेता गोकुल बाँस्कोटाबीच सामाजिक सञ्जालमा चर्काचर्की परेको छ । डा.भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई हिटलरको संज्ञा दिएपछि नेता बाँस्कोटाले प्रतिवाद गरेका छन् ।

    अध्यक्ष डा.भट्टराईले एमालेलाई बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफाँसिवादी तत्त्वको संज्ञा दिँदै हिटलरको मार्गदर्शक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ रहेको स्मरण गरेका छन् ।

    उनले विनाकारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र वैधानिक सरकारले बोलाएको सर्वदलय बैठक निरन्तर बहिस्कार गरेको भन्दै एमालेको आलोचना गरेका हुन् ।

    जवाफमा बाँस्कोटाले रोल्पाको हारजंगमा ८ जना नागरिकलाई घरभित्र थुनेर जिउँदै जलाएर मारेको र चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्र जलाएर मारेको भन्दै अध्यक्ष डा.भट्टराईमाथि कटाक्ष गरेका छन् ।

    बाँस्कोटाले अध्यक्ष डा.भट्टराईले एमालेलाई बारम्बार हिटलरसँग तुलना गर्न खोज्नुको अर्थ माग्दै हिटलरको ग्यास च्याम्बर र डा.भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नरहेको बताएका छन् ।

    बाँस्कोटाले बाबुरामलाई जवाफ दिदै भने, ‘सामाजिक फाँसीवादी भट्टराई र फाँसीवादी हिट्लर दाजुभाई हुन्। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन । विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन ।

    जसपालाई गाैर घटनासँग कतै नजोडौं : अध्यक्ष डा.भट्टराई जसपालाई गाैर घटनासँग कतै नजोडौं : अध्यक्ष डा.भट्टराई

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij