Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हुम्ला अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

हुम्ला अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

  • 374
    SHARES
  • हुम्ला अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    काठमाडौं । हुम्ला जिल्ला अस्पतालका ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले आकस्मिकबाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

    जिल्ला अस्पताल हुम्लाले गत शुक्रबार गरेकाे परिक्षणमा एकैपटक अस्पतालका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य सेवाहरू बन्द गरेकाे हाे । आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।

    जिल्ला स्वास्थ सुरक्षा समितीको बैठकको निर्णय अनुसार आकस्मिकबाहेकका सेवाहरु बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij