Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

  • 473
    SHARES
  • फ्रान्समा एकै दिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

    पेरिस । फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ ।

    आइसियुमा भर्ना हुने संक्रमितको संख्या भने घटेको छ । पछिल्लो समय अस्पताल भर्ना हुने विरामी पनि घटेका पाइएको छ । अघिल्लो हप्तासम्म अस्पताल भर्ना हुने संक्रमित ४ हजार रहेकोमा अहिले घटेर आधा भएको छ ।

    यो अवधिमा ३६४ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

    युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij