Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पहिरोले पुरिएर एकको मृत्यु, एक घाइते 

पहिरोले पुरिएर एकको मृत्यु, एक घाइते 

  • 598
    SHARES
  • पहिरोले पुरिएर एकको मृत्यु, एक घाइते 

    रसुवा । आमाछोदिङ्मो गाउँपालिका-५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका-६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ ।

    उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताए ।

    घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij