वेबटिभी खबर
काठमाडौं । महामारीको यो बेलामा रोग प्रतिरोधी क्षमता बढाउनु छ भने स्वादका लागि मात्र खाइने केही खाना बन्द गर्नुपर्ने हुन्छ ।
रोग प्रतिरोध क्षमता बलियो भयो भने मात्र हामीलाई जुनसुकै रोगले समाउन सक्दैन् । बिरामी भइहाले पनि छिटो निको भइन्छ । हामीले खाने खानामा रोग प्रतिरोध क्षमता घटाउने खानाहरू पनि छन् । त्यस्ता खानेकुरा सेवन नगर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।
सोडा
सोडालाई सामान्य पेयको रुपमा खाने चलन आजभोलि देखिएको छ । तर यले प्रतिरक्षा प्रणालीलाई नकारात्मक असर पार्न सक्छ । सोडामा धेरै क्यालोरीहरू हुन्छ । यसले शरीरलाई कुनै किसिमको पोषण दिँदैन । सोडाको नियमित सेवनले मोटोपनको जोखिम पनि बढ्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि कमजोर बनाउँछ।
तारेको खाना
तारेका खानेकुरामा चिल्लोको मात्रा बढी हुन्छ । स्वादका लागि धेरैले तारेका खानेकुरा खाने गर्छन् । तर, तारेको खानेकुरा रोग प्रतिरोधात्मक क्षमताको लागि भने हानिकारक मानिन्छ । तारेको खानेकुरामा हुने चिल्लोले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ ।
मदिरा
मदिराले पनि रोग प्रतिरोधात्मक क्षमता घटाउने काम गर्छ । नियमित रूपमा मदिरा सेवन गर्दा रोग प्रतिरक्षा प्रणालीलाई कमजोर हुने र निन्द्रामा पनि बाधा पार्छ । जसले गर्दा स्वास्थ्यमा अन्य समस्या पनि आउँछ ।
बेकरीका वस्तुहरू
बेकरीका सामानहरू प्रायः परिष्कृत पीठो प्रयोग गरेर तयार हुन्छन् । धेरैजसो केक, कुकीज, पेस्ट्री, मैदा, चिनी र तेलबाट बनाइन्छ। यसमा प्रयोग हुने यी तीनै कुराले रोग प्रतिरोधात्मक क्षमतालाई हानि पुऱ्याउँछ।
चिनी
गुलीयो प्राय सबैलाई मन पर्छ । मिठाईको बिक्री वितरण पनि निकै हुन्छ । तर चिनीको बढी प्रयोग रोग प्रतिरोधात्मक क्षमताको लागि धेरै हानिकारक मानिन्छ । चिनीको प्रयोग गरेर बनाइने चकलेट, केक, बिस्कुट आदि पनि फाइदाकारी हुँदैनन् । सकेसम्म चिनीको प्रयोगबाट बनेका तयारी खानाहरू नखानु राम्रो हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij