Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जिल्ला प्रशासन पाल्पाको सेवा स्थगित

जिल्ला प्रशासन पाल्पाको सेवा स्थगित

  • 462
    SHARES
  • जिल्ला प्रशासन पाल्पाको सेवा स्थगित

    रामपुर । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।

    कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।

    शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य संकट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

    आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij