Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

  • 415
    SHARES
  • बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

    काभ्रेपलाञ्चोक । बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।

    बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको हो ।

    दुवै खानेपानी आयोजनाअन्तर्गत  ‘एक घर-एक धारा’  बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताए । यसै आर्थिक वर्षबाट ९ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु हुँने साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१/०८२ भित्र सम्पन्न हुने जनाइएको छ ।

    सो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका ५ हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए । श्रेठका अनुसार साँगा खानेपानी आयोजनाका लागि २८ किलोमिटर पाइप बिछ्याइनेछ । आयोजनाको कूल लागतको ८० प्रतिशत रकम संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका ५ हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि १० करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ ।

    सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ । यस आयोजनाअन्र्तगत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ । उक्त आयोजना आव २०८०/०८१ भित्र निर्माण सम्पन्न हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij