Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

  • 511
    SHARES
  • इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

    रोम । इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । उनको कार्यकाल फेब्रुअरीको सुरुमा सकिँदै छ । मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन् । 

    इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो । यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन् ।

    यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि ‘परिस्थितिलाई ध्यानमा राख्दै’ फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यसअघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij