Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ब्लड क्लटिंगले १९ जनाको मृत्युपछि बेलायतमा ३० मुनिकालाई एस्ट्राजेनेकाको खोप प्रतिबन्ध 

ब्लड क्लटिंगले १९ जनाको मृत्युपछि बेलायतमा ३० मुनिकालाई एस्ट्राजेनेकाको खोप प्रतिबन्ध 

  • चैत्र २६, २०७७ बिहिवार १२:३८ बजे
  • 673
    SHARES
  • ब्लड क्लटिंगले १९ जनाको मृत्युपछि बेलायतमा ३० मुनिकालाई एस्ट्राजेनेकाको खोप  प्रतिबन्ध 

    लन्डन । बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई एस्ट्राजेनेका खोप नलगाउने निर्णय गरेको छ । ती उमेरसमूहका व्यक्तिलाई अन्य खोप लगाइनेछ ।

    नियामक संस्थाका अनुसार एस्ट्राजेनेकाको खोप लगाएपछि ब्लड क्लटिंग हुन थालेको गुनासोका कारण प्रतिबन्ध लगाएको हो । नियामक संस्थाले मार्चको अन्तिमसम्ममा बेलायतमा एस्ट्राजेनेकाको खोप लगाएकामध्ये ७९ जनामा रगत जम्ने समस्या देखिएको थियो । जसमा १९ जनाको मृत्यु भएको बताएको छ । 

    तर एमएचआरएले कोरोनाको एस्ट्राजेनेका खोपले रगत जमेको भन्ने कुनै ठोस प्रमाण नभए पनि रगत जम्ने र खोपबीच सम्बन्ध रहेको बताएको छ ।

    बेलायतको उक्त निर्णयपछि मेक्सिको तथा ब्राजिलका स्वास्थ्य नियामक निकायले भने ३० वर्षमुनिका व्यक्तिलाई एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध नलगाउने बताएका छन् । यी देशले यसबारेमा गहन अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् । ब्राजिलले खोपबाट हुने क्षतिभन्दा फाइदा धेरै भएकाले अहिले तत्काल कुनै उमेर समूहलाई प्रतिबन्ध नलगाएको बतायो । 

    ब्राजिलमा खोप अभियान सुरु भएदेखि २० लाखभन्दा धेरै मानिसलाई एस्ट्राजेनेका खोपको डोज दिइसकिएको छ । जसमा ४७ जनामा ब्लड क्लटिंग (रगत जम्ने) समस्या देखिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij