Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता

  • 489
    SHARES
  • अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता

    जेरुसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ ।

    सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।

    इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरूका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत् जनाएको हो ।

    इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरूबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

    सो वक्तव्यका अनुसार फोनवार्ताकै क्रममा प्रधानमन्त्री बेनेटले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायल भ्रमणको निम्ता दिएका थिए ।

    इरानी आणविक कार्यक्रमका कारण पछिल्लो समयमा अमेरिका र इरानबीच विवाद उत्पन्न भएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij