Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

  • 696
    SHARES
  • अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

    इस्लामावाद । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ ।

    पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।

    अफगानिस्तानतर्फबाट आतंककारीहरूले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।

    पाकिस्तानले आतंकवादीहरूले आफ्ना विरूद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ ।

    साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो संख्यामा आतंककारीहरू पनि मारिएको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij