काठमाडौं । म्यानमारमा जारी सैनिक 'कू' विरुद्धमा नेपाली कविहरूले कविता वाचन गरेका छन् ।
मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक शान्ति काव्य प्रवाहको ८८ औं श्रृंखलामा म्यानमारमा जारी सैनिक नरसंहारको विरोधलाई विषय बनाएर कविहरुले कविता वाचन गरेका हुन् ।
म्यानमारमा प्रजातन्त्रवादी र सरकारी सेनाबीच युद्ध भइरहँदा पनि त्यहाँका छिमेकी देश चीन र भारतको मौनताबारे पनि कविहरुले कवितामा प्रश्न उठाएका छन् ।
कविता वाचन कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले म्यानमारमा लोकतन्त्रको पक्षमा उभिएका दुई जना कविहरुको हत्या र ९ जना कविहरूको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै म्यानमारका जनताको लोकतन्त्र पुर्नस्थापनाको अहिंसात्मक आन्दोलनमा विश्वका सबै कवि लेखकहरूले साथ दिनुपर्ने बताए ।
शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले बर्मेली जनताको स्वतन्त्रताको अहिंसात्मक आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरे ।
काव्य प्रवाहमा कविहरू ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, साधना प्रतिक्षा, ऋचा, रत्ननिधि रेग्मी, प्रकाशमणी दाहाल, रत्नलक्ष्मी श्रेष्ठ, जसध्वज गुरुङ, प्रिति कौर, त्रिपुरा पौडेल, दुर्गा किरण तिवारी, विमला दाहाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, निर्मल पराजुली, शेरबहादुर अधिकारीलगायतले कविता वाचेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij