वेबटिभी खबर
काठमाडौं । बाघको आक्रमणमा परी बाँकेमा एक जनाको निधन भएको छ । घाँस-दाउरा लिन जंगल गएका ६० वर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरेपछि उनको निधन भएको हो ।
प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका–६ का चलाउनेको शनिबार बिहान निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेलेका अनुसार राप्तीपीडित सामुदायिक वनमा घाँस-दाउरा काट्न गएका उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको थियाे । उनको शव १० बजेतिर फेला परेको प्रवक्ता न्यौपानेले बताए ।
प्रहरीका अनुसार बाँके जिल्लामा गत असोज महिनायता विभिन्न स्थानमा भएका बाघ आक्रमण घटनाबाट ५ जनाले ज्यान गुमाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij