Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आमाबुवाको सेवा गर्नु छोराछोरीको कर्तव्य हो : मुख्यमन्त्री राई

आमाबुवाको सेवा गर्नु छोराछोरीको कर्तव्य हो : मुख्यमन्त्री राई

  • 417
    SHARES
  • आमाबुवाको सेवा गर्नु छोराछोरीको कर्तव्य हो : मुख्यमन्त्री राई

    मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुवा भगवानको स्वरुप भएकाले उचितरुपले पालन पोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ मूल समारोह समिति मोरङद्वारा शनिबार विराटनगर-८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरण क्रममा राईले यस्तो बताएका हुन् ।

    उनले विराटनगरमा नागरिकस्तरमा स्थापना हुने ज्येष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिँदै सामाजिक हितका लागि नागरिककातर्फबाट हुने कार्यमा सरकार सधै तयार रहेको बताए ।

    मुख्यमन्त्री राईले वृद्धाआश्रम व्यवस्थितरुपमा सञ्चालन गरी दिन दुःखीको सेवा गरेकोमा सञ्चालक प्रति आभार प्रकट गर्दै प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने धारणा व्यक्त गरे ।

    यस्तै, उनले वडा नं १०स्थित मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई फलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भइरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

    प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्मचारी मिलन केन्द्र, विभिन्न कर्मचारी संघसंस्थाले फलफूल वितरण कार्यक्रम आयोजना गरेका थिए । वृद्धआश्रममा ६१ ज्येष्ठ नागरिक तथा मानव सेवा आश्रमका ३ भवनमा १५० असहायले आश्रय लिइरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij