Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आयोगले तोक्यो परीक्षा केन्द्र, कुन प्रदेशको कहाँ ? [सूचीसहित]

आयोगले तोक्यो परीक्षा केन्द्र, कुन प्रदेशको कहाँ ? [सूचीसहित]

  • 1.4K
    SHARES
  • आयोगले तोक्यो परीक्षा केन्द्र, कुन प्रदेशको कहाँ ? [सूचीसहित]

    काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको परीक्षा फारम भरेका परीक्षार्थीका लागि परीक्षा केन्द्र तोकेको छ ।

    आयोगले आइतबार सूचना जारी गर्दै परीक्षा केन्द्रबारे जानकारी गराएको हो ।

    आयोगले प्रदेश १ का लागि झापा, मोरङ, सुनसरी, उदयपुरमा केन्द्र तोकेको छ । मधेस प्रदेशका लागि धनुषा र पर्सा केन्द्र तोकेको छ ।

    यस्तैगरी आयोगले बाग्मती प्रदेशका लागि चितवन, मकवानपुर, काठमाडौं र ललितपुरमा केन्द्र तोकेकाे छ भने गण्डकी प्रदेशका परीक्षार्थीका लागि बाग्लुङ, कास्की र तनहुँमा केन्द्र तोकेको छ ।

    आयोगले लुम्बिनी प्रदेशमा रूपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा केन्द्र ताेकेकाे छ भने कर्णली प्रदेशको लागि सुर्खेतमा केन्द्र तोकेको छ । 

    आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका लागि कैलाली र कञ्चनपुरलाई केन्द्र तोकिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij