Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपाल पक्षले महतोलाई बनायो प्रदेश २ मा संसदीय दलको नेता

नेपाल पक्षले महतोलाई बनायो प्रदेश २ मा संसदीय दलको नेता

  • चैत्र २९, २०७७ आइतवार १७:४६ बजे
  • 1.1K
    SHARES
  • नेपाल पक्षले महतोलाई बनायो प्रदेश २ मा संसदीय दलको नेता

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश २ का संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षका मण्डललाई हटाएर नेपाल पक्षले महतोलाई संसदीय दलको नेता बनाएको हो ।

    आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका सांसदहरुले महतोलाई नेता चयन गरेका हुन् । यस्तै बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुंगेलीलाई सचेतकमा चयन गरेको छ ।

    ६ महिनापछि भोलि (सोमबार) बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो। प्रदेश २ मा नेकपा एमालेका २१ सांसद रहेकोमा १३ सांसद नेपाल पक्षका छन् ।

    नेपाल पक्षले संसदीय दलका नेतामा महतोलाई चयन गरिएको पत्र सभामुख सरोज कुमार यादवलाई बुझाएको छ । भोलि (सोमबार) बस्ने प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको जिम्मेवारी महतोले पुरा गर्नेछन् ।

    माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएपछि संसदीय दलका नेता मण्डल रहेकोमा प्रधानमन्त्री ओलीको पुस ५ को कदमपछि विवाद उत्पन्न भएपछि माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) एक ठाउँमा उभिएको बेला महतोलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

    उनै महतोलाई आज (आइतबार) नेपाल पक्षले संसदीय दलको नेताको जिम्मेवारी दिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij