वेबटिभी खबर
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे धारणा तय गर्न १३ फागुनमा पार्टीको कार्यकारिणी बैठक बोलाएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीबारे निर्णय गर्न १२ फागुनमा प्रतिनिधिसभा बैठक बोलाएका छन् तर अध्यक्ष यादवले एमसीसीबारे पार्टीको धारणा बनाउन भन्दै त्यसको एकदिन पछि बैठक बोलाएका हुन् ।
सरकारले आइतबार विवाद र प्रमुख प्रतिपक्षीको जारी संसद् अवरोधकैबीच एमसीसी संसदमा टेबुल गरेको छ । हालसम्म एमसीसीबारे जसपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
अध्यक्ष यादव एमसीसीका विषयमा मौन नै छन् भने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई एमसीसीको पक्ष छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij