Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने

लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने

  • 723
    SHARES
  • लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने

    त्रिपोली । लिबियाका प्रधानमन्त्री अब्दुल-हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गरेका छन् ।

    ‘जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको अन्त्य गर्नेछ,’ डबेबाहले टेलिभिजन भाषणमा भनेका छन् ।

    ‘म निर्वाचनमार्फत (कार्यालय) हस्तान्तरण गर्छु, अराजकतामा हात हाल्ने कुरा स्वीकार गर्दिनँ । निर्वाचन मात्र समाधान हो,’ उनले भनेका छन् ।

    प्रतिनिधिसभाले भर्खरै पूर्वगृहमन्त्री फाथी बाशाघालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको थियो । निर्वाचित सरकार नबनेसम्म आफू पदमै रहने दबेबाहले बताएका छन् ।

    लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम निर्वाचन हुने भनिएको थियो तर प्राविधिक र कानुनी समस्याका कारण अनिश्चितकालका लागि स्थगित गरिएको निर्वाचन आयोगले जनाएको थियो ।  

  • सम्बन्धित विषय:

  • # लिबिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij