Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने तय

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने तय

  • 568
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने तय

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्ने भएको छ । बिहीबारको लागि तय भएको बैठक स्थगित गरिएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

    आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । 

    ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ । 

    सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पनि एमसीसीको विरोधमा भएपछि बिहीबारको बैठक स्थगित भएको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij