एजेन्सी
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित थपिने दर घट्ने क्रम जारी छ ।
कोरोनाको तेस्रो लहरको सर्वाधिक प्रभाव परेको भारतमा अहिले भने अवस्था सामान्यतर्फ उन्मुख भएको छ ।
भारतमा शुक्रबार रातिसम्म गरिएको परीक्षण नतिजाअनुसार पछिल्लो २४ घण्टामा १० हजार ५६५ नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाको तेस्रो लहर उत्कर्षमा हुँदा भारतमा साढे तीन लाखभन्दा बढी संक्रमित एकै दिन थपिएका थिए ।
त्यसैगरी यो अवधिमा २३ हजार ५४० जना निको भएका छन् । कोरोना संक्रमणकै कारण निधन हुनेको संख्या २५४ रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या घटेर १ लाख १३ हजार ३४० मात्र छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij