वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेशरन(एमसीसी) बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अल्टिमेटम दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री र देउवाबीच शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारण बनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाले आज दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेम पनि दिएका छन् । प्रधानमन्त्रीको अल्टिमेमपछि प्रचण्डले आजै पार्टीमा छलफल चलाउने प्रतिबद्धता जनाएका थिए।
स्रोतका अनुसार उनले आजै पार्टीमा छलफल चलाएर निर्णय लिने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij