Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आइतबारको प्रतिनिधिसभामा एमसीसीमाथि छलफल हुने, यस्तो छ कार्यसूची 

आइतबारको प्रतिनिधिसभामा एमसीसीमाथि छलफल हुने, यस्तो छ कार्यसूची 

  • फाल्गुण १४, २०७८ शनिवार १८:१५ बजे
  • 447
    SHARES
  • आइतबारको प्रतिनिधिसभामा एमसीसीमाथि छलफल हुने, यस्तो छ कार्यसूची 

    काठमाडौं । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफल एजेन्डामा परेको छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ ।

    दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । 

    यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij