Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर 

एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर 

  • 1.2K
    SHARES
  • एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर 

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् । 

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

    उनले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताए । नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्नेगरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे ।

    ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताए । उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झौता भएको दाबी गर्दै यसबाट देशको विकास हुने पनि बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij