Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

१० मध्ये नौ पालिकामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

१० मध्ये नौ पालिकामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

  • फाल्गुण १७, २०७८ मंगलवार २२:०० बजे
  • 623
    SHARES
  • १० मध्ये नौ पालिकामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

    खोटाङ ।  नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिकामध्ये नौ पालिकामा पालिका स्तरीय कमिटी गठन गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका पालिका स्तरीय कमिटी गठन गरिएको हो । 

    मंगलबार खोटेहाङ गाउँपालिकामा तिर्थ प्रधानको अध्यक्षतामा समाजवादीको ३५ सदस्यीय पालिका अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष जलसेर राईको विशेष आतिथ्यतामा पालिका अधिबेसन आयोजक कमिटी गठन गरिएको हो ।

    पालिका अधिवेशन आयोजक कमिटी गठनका क्रममा समाजवादीका प्रदेश कमिटी सदस्य तारानाथ दाहाल, श्यामराज राई, मिलन श्रेष्ठ, जिल्ला उपाध्यक्ष नरेशकुमार राई लगायतको उपस्थिति रहेको थियो । समाजवादीका अनुसार अव रावाबेँसी गाउँपालिकामा मात्र पालिका कमिटी बिस्तार गर्न बाँकी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij