Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

घरमै धारा आएपछि स्थानीय खुसी

घरमै धारा आएपछि स्थानीय खुसी

  • 983
    SHARES
  • घरमै धारा आएपछि स्थानीय खुसी

    काठमाडौं । घमै धारा आएपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् ।

    पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरमै धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए ।

    श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले  खानेपानीको समस्या हल गरिदिएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो  गर्नमा  लाग्नुपर्ने अवस्था रहेका  थियो ।

    गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुङ्ग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेको  छन् । सो आयोजनाबाट ५१६ जना  लाभान्वित भएका छन् ।

    आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उनले बताए । गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग  रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र  पारिएको  बताइन् ।

    गतवर्ष मात्र मोटरबाटो  पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसगैँ  व्यवसायी खेती तर्फ स्थानीयवासीलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालनसमेत गरिने अध्यक्ष गुरुङले बताइन् ।

    जिल्लाको एक मात्र गाउँपालिका  इच्छाकामना  विशेष गरी तरकारी तथा लफुलखेतीका लागि उर्वर भूमि मानिन्छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij