Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

मुख्यमन्त्री शाहीद्वारा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिजको उद्घाटन

मुख्यमन्त्री शाहीद्वारा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिजको उद्घाटन

  • 426
    SHARES
  • मुख्यमन्त्री शाहीद्वारा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिजको उद्घाटन

    काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालिको उद्घाटन गरेका छन् ।

    प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको शुभारम्भ गर्दै उनले निजी क्षेत्रको लगानीमा सुरु भएको उद्योगले कर्णालीको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए ।

    उनले इण्डस्ट्रिज स्थापनाले कर्णालीमा रोजगारीको अवसरसमेत सिर्जना हुने बताए । कर्णाली प्रदेशको आर्थिक समृद्धिको आयाम उद्योग व्यवसाय सञ्चालनका लागि प्रदेश सरकारले लगानीमैत्री नीति तर्जुमा गर्न लागेको पनि उनले जानकारी दिए ।

    उनले भने,‘प्रदेश सरकारको सहयोगीका रुपमा स्थापना भएको सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालि वीरेन्द्रनगरलाई प्रगतिको शुभकामना छ ।’

    निजी क्षेत्रद्वारा स्थापित आर्थिक वृद्धिको मेरुदण्डका रुपमा मानिएको यस इण्डस्ट्रिजबाट दैनिक नौ हजार ६०० ग्याविन एवं दुई हजार घेराबार जाली उत्पादन हुने र गुणस्तरीय निर्माण सामग्रीको सहज र सुलभ दरमा उपलब्ध हुने बताइएको छ । प्रदेश सरकारले इण्डस्ट्रिजको विकासका लागि आवश्यक सहयोग गर्ने जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij