Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पाँचपोखरी भोताङ क्रिकेट क्लब ६८ रनले विजयी 

पाँचपोखरी भोताङ क्रिकेट क्लब ६८ रनले विजयी 

  • फाल्गुण २१, २०७८ शनिवार २०:४० बजे
  • 439
    SHARES
  • पाँचपोखरी भोताङ क्रिकेट क्लब ६८ रनले विजयी 

    सिन्धुपाल्चोक । पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट क्लब ६८ रनले विजयी भएको छ ।  काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा आज भएको फाइनलमा पाँचपोखरी क्रिकेट टोलिलाई पराजित गर्दै भोताङले १ सय २४ रन बनाएको हो ।  

    बिजेता भोताङले उपाधीसंगै नगद ७५ हजार सिल्ड मेडल प्राप्त गरेको छ । दोश्रो भएको पाँचपोखरी क्रिकेट क्लवले ४० हजार पाएको छ ।

    पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

    गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरेको थियो । 

    प्रतियोगितालाई निरन्तरता तथा समयसापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरी पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएकोे लामाले बताए ।

    विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा आयोजना गरिएको खेलकूद विकास समितिले जानकारी दिएको छ । उक्त प्रतियोगितमा जिल्लाका ७ टिम सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij