काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक ११ सेप्टेम्बरदेखि फिर्ता जाने भएका छन् । अमेरिकी अधिकारीले राष्ट्रपति जो बाइडेनले आगामी दिनमा सैनिक फर्किने घोषणा गर्न सक्ने सञ्चारमाध्यामसँग बताएका छन् ।
ट्रम्प प्रशासनले तालिबानसँग वार्ताभन्दा अगाडि नै अमेरिकी सेना अफगानिस्तानबाट मे महिनासम्ममा फिर्ता हुने तय भइसकेको थियो । तर अमेरिकाले उक्त समयसिमा देखि नै सैनिक बोलाउन नसक्ने संकेत देखिएको छ ।
अब तोकिएको समयसीमा संयोववश वल्र्ड ट्रेड सेन्टर तथा पेन्टागनमा आक्रमण भएको २० औं वर्षको तारिख नजिक पर्छ । अमेरिका तथा नेटोका अधिकारीले कट्टरपन्थी इस्लामी संगठन तालिबानले अहिलेसम्म पनि हिंसा कम गर्ने वाचा पुरा गर्न सफल नभएको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij