Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो : मन्त्री खड्का

युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो : मन्त्री खड्का

  • 516
    SHARES
  • युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो : मन्त्री खड्का

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने कार्य जारी रहेको बताएका हुन् ।

    मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ ।

    रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको उनले बताए । अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij