Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खडेरीले इथियोपियामा आठ लाख बढी विस्थापित

खडेरीले इथियोपियामा आठ लाख बढी विस्थापित

  • 554
    SHARES
  • खडेरीले इथियोपियामा आठ लाख बढी विस्थापित

    संयुक्त राष्ट्रसंघ । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका लाखौँ पशु चौपाया पनि मरेका छन् । 

    संयुक्त राष्ट्रसंघकाे भनाइमा यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन् । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताएका छन् ।

    उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरूलाई सहयोग पुर्याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

    साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ ।

    इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij