वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ ।
यही फागुन २३ गते सूचना जारी गर्दै आयोगले प्रिन्ट गर्ने प्रक्रिया समेत बताएको छ । आयोगले उक्त सूचना आफ्नो वेबसाइटमा राखेको छ ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले सूचित गरेको छ ।
त्यसैगरी आयोगले आगामी चैत १९ गतेदेखि सञ्चालन हुने प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।
प्रदेशअनुसार परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगकाे वेबसाइटमा गएर परीक्षा केन्द्र हेर्न सकिन्छ । आयोगकाअनुसार निम्न माध्यमिक र माध्यमिक तहको लिखित परीक्षाका लागि परीक्षा केन्द्र छिट्टै तोकिने छ ।
याे पनि हेर्नुहाेस्
आयोगले सार्याे माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा केन्द्र [सूचनासहित]
आयोगको साइटमा गएर यी सूचनाहरू हेर्न सकिन्छ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij